पाल्पा – २७ साउन् । पूर्व उद्योग मन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेले सामुदायिक विद्यालयहरुलाई विद्यार्थी आफैले खोज्दै आउनुपर्ने बनाउन आग्रह गरेका छन । उनले सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रभावकारी रुपमा शिक्षण पेशामा लागेर गुणस्तर सुधार्न आग्रह गरेका हुन् ।
महेन्द्रबोधि माध्यमिक विद्यालयको ५७ औं बार्षिक उत्सवको अवसरमा संघीय सांसद पाण्डेले व्यवसायिक शिक्षा खोल्दा अध्ययन गरेर मात्रै खोल्नु पर्छ भने । मुलुक समृद्ध बनाउन शिक्षाको महत्वपूर्ण भूमीका रहेको बताउँदै महेन्द्रबोधि माविले राजनीतिक परिवर्तनमा समेत ठूलो भूमिका खेलेको छ यसर्थ यस विद्यालयलाई यसै बर्ष दुईवटा कक्षाकोठा थप गर्नकालागि सहयोग गर्ने बचन दिए ।
उनले विद्यालयलाई दुईवटा कक्षाकोठा बनाउन सहयोग गर्छौ तपाईहरुले गुणस्तर सुधार गर्न राज्यले शिक्षा नीति बनाउँदा शिक्षालाई बलियो बनाउने गरी बनाउन तयारी गरेको सुनाए। विशिष्ट अतिथि प्रदेश सभा सांसद डा। पुरनमान बज्राचार्यले तानसेन नगरले शिक्षा, पर्यटन र कुटिर उद्योगले परिचय दिएको बताउँदै महेन्द्रबोधि माध्यमिक विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पाल्पाको विकास निर्माणका काममा प्रदेश सरकार हमेशा लागेको बताए । अर्का अतिथि जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले आफ्नो परिवारका दाजुभाई सबैले यसै विद्यालयमा अध्ययन गरेको र आफुले ०३२ साल देखि ०४१ साल सम्म यसै विद्यालयमा अध्ययन गरेको बताउँदै विद्यालयको थोरै विद्यार्थीसंख्याको हल्ला गरिएपनि यथार्थमा त्यसो नभएको बताए । उनले विद्यार्थीको शैक्षिक प्रगति बढाउन सबैसँग आग्रह गर्दै शैक्षिक र भौतिक प्रगतिमा सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज शर्माको अध्यक्षतामा भएको समारोहमा नेपाल शिक्षक महासंघका अध्यक्ष देवी भट्टराईले राज्यले निजामति कर्मचारिलाई र शिक्षकलाई फरक व्यवहार गरेकोमा असन्तुष्ट व्यक्त गरे । नेपाल राष्ट्रिय शिक्षक संघठनका अध्यक्ष रामप्रसाद ढकालले गुणस्तरिय शिक्षाका नाममा अध्ययन नै नगरि जथाभावि प्राविधिक शिक्षा खोल्न नहुने बताए । देबवाणी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले महेन्द्रबोधि माध्यमिक विद्यालयमा शिक्षकहरुको टिम असाध्यै राम्रो भएको र क्रमशः प्रगतिपथमा लम्केकोमा अझ प्रगतिको शुभकामना व्यक्त गरे ।
विद्यालयका पूर्व प्रधानाध्यापक देवेन्द्रमान शाक्य र सुशीला श्रेष्ठले विद्यालयको इतिहास स्मरण गर्दै एस।इ।इको रिजल्टलाई हेरेर मात्रै विद्यालयको मूल्याङ्कन गरिनु दुखदायी पक्ष रहेको बताए । कार्यक्रममा प।प। माविका पूर्व प्रअ गोविन्द नेपाल, प्रेस चौतारी नेपालका अध्यक्ष एवं विद्यालयका अक्षयकोष दाता राजेन्द्र लिगल, तानसेन नगरपालिकाका प्रेस सल्लाहकार एवं पूर्व विद्यार्थी गोविन्द भट्टराई लगायतले विद्यालयको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।
सहायक प्रधानाध्यापक हरिलाल गैरेको स्वागत भाषणबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव के।सी।ले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ११ लाख ७९ हजार ५ सय ६७ रुपैयाँ बरावरको आयव्यय विवरण प्रस्तुत गरे । उनले विद्यालयमा ३ सय ७ जना विद्यार्थी रहेको विवरण सुनाउँदै विद्यालयले आगामी बर्ष धेरै गुणस्तर सुधारका कार्यक्रम राखेको विवरण प्रस्तुत गरे। शिक्षक भरत शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।