ओमानमा कार्यरत खान र गुरुङले किन गरे एकैदिन आत्महत्या  ?

मस्कट । ओमानको राजधानी मस्कटको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत अहमद खान परिवर्तन गरेको नाम ले आफु बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।एक बहुचर्चित सुपरमार्केटमा काम गर्ने अहमदको घर झापा भएको र उनी बिगत चार बर्ष देखि वैदेशिक रोजगारीका सिलसिलामा ओमानमा रहेको बताईएको छ । निजका आफन्तले नै सव नेपाल नपुग्दै परिचए नखोल्न हामीलाई आग्रह गरेका छन् ।

आफ्नो काम बाहेक कतैपनी ध्यान नदिने तथा चाहिने मात्र बोल्ने सबैको माझमा घुलमिल हुन पनि संकोचित अहमदले गत आईतवार २०७६ साउन ५ गते आत्महत्या गरेका हुन भने आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको उनका आफन्त बताउछन् ।त्यस्तै ओमानको स्वर्ग भनेर चिनिने ओमानको राजधानी भन्दा एघार सय किलोमिटर टाढा रहेको सहलाहमा ईटहरीकी रेणु गुरुङले पनि ५ साउनमा झुन्डिएर आत्महत्या गरेको समाचार छ ।

बिगत १४ महिना देखि घरेलु कामदारका रुपमा कार्यरत रेणुका दुई छोरा र एक छोरी छन् भने उनको एक छोराले पनि गतबर्ष झुन्डिएर नै आत्महत्या गरेका थिए । जसका कारणले पनि उनलाई चिन्तित बनाउन सक्ने बुझिन्छ र आत्महत्याको अर्को संका भने नेपालको सहकारी बैंकमा रहेको छ, मृतककी सानिमाका अनुसार उनले कुनै साथिको ऋणका लागि सांछी बसेको र उक्त रकम लिएर फरार भएकोले पटक–पटक बैंकको दबाबमा नै उनी ओमान छिरेको र उक्त बैंकको कारणले नै मृतक रेणुका छोराले पनि आत्महत्या गरेको कुरा चलिरहेको बेला अहिले आफुले पनि आत्महत्या गरेको हुन सक्ने आशंका रहेको छ ।

हुनत मृतक रेणु गुरुङले मर्नुअघि लेखेको पत्र रोयल ओमानी पुलिसले बरामद गरेको बताईएको छ तर उक्त पत्रमा के लेखिएको छ त्यो भने खुल्न सकेको छैन ।यस प्रकारका दुबै आत्महत्या एकैदीन भएकोमा ओमानमा रहेका श्रमिक नेपालीहरु स्तब्ध भएका छन् ।

दुबै जना मृतकको सब नेपाल पठाउने प्रक्रिया चलिरहेको जानकारी नेपाली दुतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले जानकारी दिएकी छन भने उता अहमदको कम्पनीले भने मृतकको सव स्वदेश फृता गर्न नेपाली दुताबाशले समयमै सहयोग नगरी ढिलासुस्ती गरेको पिडित पक्षलाई भनिरहेको जानकारी मृतकका आफन्तले दिएका छन ।

यी दुबै सवहरु त छिटैनै नेपाल फर्काईने नै छन तर प्रबासमा खासगरी खाडीमा जसरी आत्महत्या का घटनाहरु बढ्दै गएका छन यो एकदमै गम्भीर बिषय हो यस्तो बिषयलाई कसरी सम्बोधन गर्ने यो बिषयमा पनि सम्बन्धीत निकायको ध्यानाकर्षण हुनै पर्दछ ।

Loading...