मलामी गएका ६५ जनाको मृत्यु

नाइजेरियामा एक जनाको अन्तिम संस्कारको लागि सहभागी भएका कम्तिमा ६५ जनाको एक चिहान भएको छ । अन्तिम संस्कार सकाएर फर्कने बेलामा आतंकवादी समूहले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो ।

गत शनिवार भएको उक्त घटनामा कम्तिमा ६५ जनाको हताहती भएको द न्युयोर्क टाइम्सले जनाएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंकवादी समूहले अन्धाधुन्ध गोली बर्साएपछि मलामीहरु पनि जाइलागेका थिए तर निहत्था उनीहरु आतंकवादी समूहको शिकार हुन पुगे ।

स्थानीय सरकारका अध्यक्ष, मोहम्मद बुलामाले त्यहाको टेलिभिजनमा दिएको जानकारी अनुसार शनिवार मलामीबाट फर्कने क्रममा २१ जना मारिएका हुन भने ४४ प्रतिरोध गर्दागर्दै पनि मारिएका हुन । प्रहरीका अनुसार हमलावार मोटरसाइकल र भ्यानमा आएका थिए । दशकौंदेखि जारी आतंकवादी हमलामा परेर १० लाखको ज्यान गइसकेको छ ।

सर्वसाधारणमाथि नाइजेरियाको आतंकवादी समूह बोको हरामले गोली बर्शाएको आशंका गरिएको छ ।गत दुईसाता अघी सोही गाउँमा भएको मुठभेडमा बोको हरामका १ दर्जन कार्यकर्ताको मृत्युको बदला लिन यो आक्रमण गरिएको हुनसक्ने आकलन गरिएको छ । यद्यपी द न्युयोर्क टाइम्सका अनुसार उक्त इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

Loading...