शिक्षक लाईसेन्स : माध्यामिक तहको विज्ञान विषयको नमुना विषयगत प्रश्न संगालो

काठमाडौँ, ७ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत ५ प्रश्न लिएर आएका छौँ ।

यस खण्डमा २५ अङ्का ५ अङ्कभारका दरले पाँच वटा प्रश्नहरु सोधिनेछन् । विज्ञान विषयको शिक्षक लाईसेन्सका परीक्षामा शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत खण्ड अन्तर्गत सोधिने केही नमुना विषयगत सम्भावित प्रश्नहरु । यस खण्डबाट ५ वटा प्रश्नहरु रहनेछन् । 
यी हुन् शिक्षक लाईसेन्सको निम्न माध्यामिक तह विज्ञान विषयको परीक्षमा सोधिने ५ वटा २५ अङ्कका सम्भावित विषयगत पश्नहरु :

तहः माध्यामिक पूर्णाङ्क : २५ 
विषय : विज्ञान

प्रश्न नं. १. वार्षिक शैक्षणिक योजनाको प्रयोग के कामका लागि गरिन्छ ? वार्षिक शैक्षणिक योजनाको ढाँचा तयार गर्नुहोस् । (३ + २)

प्रश्न नं. २. विज्ञान क्लब भनेको के हो ? विज्ञान क्लबको ४ उद्देश्यहरुको उल्लेख गरी विज्ञान क्लबले गर्न सक्ने ४ ओटा क्रियाकलापहरु लेख्नुहोस् । (१ + ४)

प्रश्न नं. ३. प्रदर्शन विधि भनेको के हो ? विज्ञान शिक्षणलाई प्रभावकारी बनाउने क्रममा प्रदर्शन बिधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुनुपर्ला ? (१+४)

प्रश्न नं. ४. पाठ्यक्रम भनेको के हो ? शिक्षण सिकाइमा पाठ्यक्रमको किन प्रयोग गर्नु पर्छ ? (१ + ४)

प्रश्न नं. ५. प्रश्नपत्र विश्लेषण भनेको के हो ? पद विश्लेषणका चरणहरु उल्लेख गर्नुहोस् । ( १ + ४)