चिरिबाबु पुरानै गाडीमा सन्तुस्ट , सुविधा त्यागेर सडक सफा गर्न टयांकर किने

साउन ६ काठमाडौं । मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २० वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 मा हिंड्छन् ।

मेयर महर्जनले गाडीको सुविधालाई त्यागेर हालै विरुवामा पानी हल्ने २ वटा आधुनिक टयांकर किनेका छन ।

महानगरमा मेयरका लागि नयाँ गाडी किन्न एक करोड बजेट छुट्याइएको थियाे । तर उच्च विलासी गाडी चढ्नुभन्दा उनले महानगरपालिकामा आवश्यक दुईवटा सडक पखाल्ने पानी ट्यांकर गरे । उनले साठी लाखमा २ वटा ट्याङ्कर खरिद गरेको बताउँदै मेयर महर्जन अाफू त्यसमै सन्तुस्ट रहेको बताउँछन । मेयर महर्जनले केहीमहिना अगाडी nonstopkhabar संगको कुराकानीमा बाँकी रकममा अझै थप गरी फेरि अर्को ट्यांकर खरिद गर्ने योजना रहेको सुनाएका थिए । उनले पुरानो योजना नै अनुशार खरिद गरिएको बताएका छन । विस्तारित चक्रपथमा रोपिएका विरुवा संरक्षणका लागि गाडी किन्ने बजेटले २ वटा ट्यांकर किनेको हो ।

चक्रपथमा नयाँ रोपिएका २४ सय विरुवामध्ये २ हजार बढी ललितपुर महानगरभित्र रहेकोले विशेष सुविधा युक्त यस टयांकरले अग्ला विरुवामा पानी हाल्न र सडक सफा गर्नको लागि र नयाँ रोपिएका विरुवालाई हिउँदमा पानी हाल्न प्रयोजनको लागि टयांकर किनेको बताउँदै विरुवा संरक्षणमा महानगरको दायित्व रहेको मेयर महर्जनले जानकारी दिए ।
महानगरको आवस्यकता भन्दा नयाँ गाडी ठूलो नभएको बताउँदै मेयर महर्जन भने”महानगरको आवस्यकता भन्दा नयाँ फजुल खर्च जरुरी छैन । कहिलेकाहिँ धकेल्नु पर्छ, तर फरक परेन ।”

हाल मेयर महर्जनले चढ्ने गरेको बा ४ च ७८५२ नंबरको टोयोटाको पुरानो मोडल RAV4 गाडी धेरै नै पुरानो हो । मेयर महर्जनका सुरक्षा गार्ड हिराकाजी कार्कीका अनुसार यो गाडी पटकपटक बीच सडकमै बिग्रने गर्छ । गाडी बिग्रेका बेलामा मेयर महर्जन आफैले पनि चार पटक ठेल्नु परेको उनी बताउँछन् । उनले चढिरहेकाे पुरानो टोयोटा गाडी तत्कालिन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पालामा खरिद गरिएको गाडी हो ।

Loading...