प्रियंका चोपडा एकपटक पुनः ट्रोलर्सको निशानामा

एजेन्सी, प्रियंका चोपडा एकपटक पुनः ट्रोलर्सको निशानामा परेकी छिन् । प्रियंकाको एउटा फोटो अहिले चर्चाको विषय बनेको छ । यो फोटोमा प्रियंका चुरोट पिइरहेको देख्न सकिन्छ । फोटो भाइरल भएपछि मानिसहरुले उनको दम रोगमाथि ट्रोल गरिरहेका छन् ।

प्रियंका चोपडाको यो फोटो उनको मायामी भ्रमणको हो । फोटोमा प्रियंकासँग उनका श्रीमान् निक जोनस र आमा मधु चोपडा पनि देखिएकी छिन् । फोटोमा निकको हातमा सिगार देखिएको छ भने प्रियंका चोपडा चुरोट पिइरहेको देख्न सकिन्छ । प्रियंका चोपडाकी आमा मधु चोपडाको हातमा पनि सिगार छ ।

प्रियंकाको एउटा फोटोमा एक प्रयोगकर्ताले लेखे, ‘प्रियंका चोपडाले दिवालीमा पटाका बाल्दा प्रदुषण हुने बताएकी थिइन् । उनका अनुसार यसले दम रोग लाग्छ अब प्रियंका चुरोट पिइरहेकी छिन् ।

यस्तै अन्य प्रयोगकर्ताले लेखे, ‘तपाईं दमको औषधी खाइरहनु भएको हो रु’

प्रियंकाको यो फोटो सार्वजनिक भएपछि मानिसहरुले यसलाई उनको दोहोरो चरित्र बताएका छन् ।

Loading...