नेपाः राष्ट्रिय पार्टीको अध्यक्षमा डा. विजयप्रकाश सैंजु

२८ श्रावण,काठमाडौँ सम्बाददाता                                                                                                                                                                           डा. विजयप्रकाश संैजुको अध्यक्षतामा दोश्रो महाधिवेसन गर्दै नेपाः राष्ट्रिय पार्टीले ४५ कार्यसमिति गठन गरेको छ ।                                                                 
शनिबार आयोजित नेपाः राष्ट्रिय पार्टीको दोश्रो महाधिवेशन गर्दै उक्त पार्टीका कार्यवाहक अध्यक्ष सुवर्णकेशरी चित्रकारलाई वरिष्ठ नेताको रुपमा चयन गरिएको छ ।
संस्थापक अध्यक्ष तथा पूर्व विज्ञान तथा प्रविधिमन्त्री डा. केशवमान शाक्यले पार्टीबाट राजीनामा दिँदै नयाँ शक्ति नेपाल प्रवेश गर्नुभएको थियो । त्यसैगरी, एकजना सभासद रहेको उक्त पार्टीका सांसद लक्ष्मण राजवंशीले उक्त पार्टी परित्याग गर्दै अलग्गै पार्टी खोल्नुभएको थियो ।
बन्दशत्र शुरुहुनु भन्दा अघि गरिएको महाधिवेसन उद््घाटन सत्रमा बोल्नुहुँदै संस्कृतिविद्् सत्यमोहन जोशीले पहिचानको लागि निरन्तर संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।
सत्र उद््घाटन गर्नुहँदै संस्कृतिविद्् जोशीले नेवाः पहिचान तत्काल स्थापित नभए पनि पछि हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेवाः देय्् दबूका अध्यक्ष नरेश ताम्रकारले पहिचानको लागि सबै पहिचानबादी शक्तिबीच एउटै पार्टी हुनुपर्नेमा जोड दिनुभयो ।
थ्रेसहोल्डका कारण विगतमा एक्लाएक्लै आन्दोलनरत पार्टीहरुले संसदमा जनताका प्रतिनिधि पठाउन अप्ठ््यारो पर्ने भन्दै एकजुट हुन सबैमा आह्वान गर्नुभयो ।
ज्यापू महागुथिका अध्यक्ष राजभाई जकःमिले संस्थापक अध्यक्ष र सासंदद्वारा पार्टी परित्याग गरेको अवस्थामा पार्टी जीवनमरणको स्थितिमा पुगेको विचार ब्यक्त ।
महाधिवेसनमा कार्यवाहक अध्यक्ष सुवर्णकेशरी चित्रकार, महासचिव डा. विजयप्रकाश संैजु, जनकवि दुर्गालाल श्रेष्ठ, नेवाः अगुवा डा. महेशमान श्रेष्ठलगायतले आ–आफ््ना धारणा राख्दै नेवाः पहिचानसहित हकहितको कुरा उठाउनुभयो ।

Loading...