लोकसेवा विज्ञापनविरुद्ध माइतीघरमा वृहत्त जनप्रदर्शन हुँदै

काठमाडौं, ३१ असार । लोकसेवाको विज्ञापनविरुद्ध आज मंगलबार काठमाडौंको माइतीघरमा वृहत्त जनप्रदर्शनको आह्वान गरिएको छ ।आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आज ११ बजे माइतीघरमा जुलुससहित वृहत्त जनप्रदर्शन हुन लागेको हो ।

लोकसेवा आयोगले गत जेठ १५ गते स्थानिय तहमा गरेको विज्ञापनको विरोध गर्दै आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्याक, महिला तथा अपांगता भएका नागरिहरुले संयुक्त आन्दोलन अनुरुप जनप्रदर्शन गर्न लागेका हुन् ।आरक्षण बचाऔ आन्दोलन तथा महासंघले असार २८ गतेबाट विभिन्न चरणमा गर्दै आएको आन्दोलन गर्दै आएको छ ।

त्यस्तै साउन २ र १० गते नेपाल बन्दसम्ममा कार्यक्रम तय गरेको छ ।लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । तर, लोकसेवाले आह्वान गरेको विज्ञापनमा समावेशी नभएको भन्दै विरोध शुरु भयो ।

निजामती सेवाको पदपूर्तिमा समावेशी गर्नुपर्ने कानूनी प्रावधान छ । तर, निजामती सेवा ऐनको दफा ७ मा खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याउनुपर्ने व्यवस्था छ । ४५ प्रतिशतलाई शतप्रतिशत मानेर त्यसमध्ये महिला ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेशी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांग ५ प्रतिशत र पिछिडिएको क्षेत्रका लागि ४ प्रतिशत आरक्षित सिट छुट्याएर विज्ञापन गर्नुपर्ने कानुनी प्रावधान छ ।

Loading...