मैदानमा कमजोर प्रदर्शन र खराब व्यवहार नसुध्रिएपछि नेयमारको सरुवा मूल्य ५० प्रतिशतले घट्यो

काठमाडौं । विश्व फुटबलमा अहिलेसम्मकै बढी कीर्तिमानी मूल्यमा पीएसजीमा लगिएका ब्राजिलियन स्टार नेयमारको सरुवा मूल्यमा करिब ५० प्रतिशत गिरावट अाएकाे चर्चा चलेकाे छ । पछिल्लाे समय नेयमारले मैदानमा गरेको प्रदर्शन र उनको व्यवहारका कारण उनलाइ धक्का लागेकाे बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था एलक्युप र मार्काकले नेयमारको सरुवा मूल्यमा गिरावट आएको विश्लेषणात्मक समाचार प्रकाशित गरेकाे छ । केही समय अगाडि सिआईईएस फुटबल अब्जर्भेटरीले सार्वजनिक गरेको रिर्पोटअनुसार नेयमारको मैैदानको प्रदर्शन र उनको व्यवहारले उनलाई धक्का दिएको उल्लेख गरिएको छ ।

सन् २०१७ मा स्पेनिस महारथी बार्सिलोनाबाट लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा कीर्तिमानी मूल्यमा आबद्ध भएका उनको २ वर्ष नबित्दै सरुवा मूल्यमा गिरावट आएको हो । नेयमार बार्सिलोनाबाट पीएसजीमा २१२ मिलियन युरोमा आबद्ध भएका थिए ।

कीर्तिमानी मूल्यमा क्लबमा भित्रिएका नेयमारले अहिलेसम्म पीएसजीमा रहँदा मात्रै ५१.८ प्रतिशत खेल खेलेका छन् । जुन स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र मेस्सीभन्दा निकै कम हो ।

रोनाल्डोले ७७ प्रतिशत क्लबका खेल खेल्दा मेस्सीले ८७ प्रतिशत खेल खेलेका छन् । त्यतिमात्रै होइन सिआईईएस फुटबल अव्जर्भेटरीले सार्वजनिक गरेको रिपोर्टअनुसार नेयमारको जुन महिनासम्मको सरुवा मूल्य १२० मिलियन युरो देखि १५० मिलियन युरो रहेको छ । यतिसम्म कि उनी पीएसजीमा २१२ मिलियन युरोमा क्लब प्रवेश गरेका थिए ।

नेयमार अहिले घाइते भएकै कारण ब्राजिलको टोलीमा पनि अटाएका छैनन् । इन्जुरीकै कारण नेयमारले घरेलु मैदानमा आयोजना हुन लागेको कोपा अमेरीका गुमाउने भएका छन् ।

Loading...