बारामा समातिए आइपिएलका तीन खुंखार सट्टेवाज

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा जुवा खेलाउने तीन जना खुंखार व्यक्ति बाराकाे कलैयामा पक्राउ परेका छन् । भारतमा आईतबार राती समापन भएको अाइपीएलकाे फाइनलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजनालाइृ शनिबार कलैयामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाराले भारतमा चलिरहेको आइपिएल क्रिकेट म्याचमा कलैयाका केही मानिसहरुले खेलमा रकम हारजित हुने गरी सट्टाबाजी खेली रहेको सुचनाको आधारमा शनिबार छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले बारा कलैया घुसुकपुर टोल बस्ने हरेराम साहको घरमा सट्टाबाजी भईरहेको अवस्थामा हरेराम सहित दरोगा अंसारी र राकेश साहलाई क्रिकेट म्याचमा बाजी लगाएको नगद ९४ हजार सहित पक्राउ गरेको हो।

बारा प्रहरीका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले पक्राउ परेका तीनजना बिरुद्ध मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को परिच्छेद ५ को दफा १२५ को उप दफा ४ बमोजिम सट्टाबाजी (जुवा) मुद्दामा कारबाही भइरहेको बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट ५ को दिनकाे हिरासतमा राख्‍ने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको हो।

Loading...