श्रीमतीलाई हत्या गरेर आफैलाई झुण्ड्याए जीतबहादुरले

बर्दिया, २२ बैशाख । राजापुर नगरपालिका-२ प्रगति गाउँमा श्रीमतीको हत्या गरेपछि श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् ।

स्थानीय जीतबहादुर थारुले शनिबार राति श्रीमती अनिताको घाटी थिचेर हत्या गरेको प्रहरी नायब उपरीक्षक मदनजित महतराले बताए। लगतै जीतबहादुरले झुण्डिन थाल्दा उनकी छोरीले कराएको प्रहरीको भनाई छ।

प्रहरीले झुण्डिएको अवस्थामा उनको शव फेला पारेको जनाएको छ। हत्या र झुण्डिएको घटनाको अनुसन्धान भइरहेको प्रनाउ महतराले बताए। उक्त घटना सदरमुकाम गुलरियाबाट करिब ४० किमि पश्चिममा भएको हो।

Loading...