आमाको मुख हेर्ने दिन आयो धरधरी रुवाउने गित

काठमाडाैं । आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आज आमाको सम्मानको लागि विभिन्न रचनाहरु गरिन्छ । आमालाई खुसी पार्न उपहार दिने गरिन्छ । त्यस्तै उपहार स्वरुप सबे आमाहरुको लागि बजारमा एउटा गित आएको छ- आमा । 
 
नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो समाजमा यथावत नै छ । 
 
केहीले बिदेशमा राम्रै कमाइ गरेका हुन्छन् भने अधिकाशंलाई भनेजस्तो काम नमिल्ने, भनेजस्तो तलव नपाउने जस्ता समस्यामा परेको हुन्छ । यहि यथार्थलाई टपक्क टिपेर गीतमा उतारेका छन् गीतकार प्रकाश क्षेत्रीले ।

हमाल म्युजिक प्रा.ली.को प्रस्तुतीमा प्रकाश क्षेत्रीको आमा बोलको गीत यसै साता मात्र डिजिटल बजारमा सार्वजनिक भएको छ । गोबिन्द चापागाईँ र जुना श्रीसको आवाजमा रहेको गीतमा गीतकार क्षेत्रीका शब्दमा राम्जी पौडेलको लय सृजना रहेको छ ।

नारायण भट्टराईको निर्देशन रहेको गीतमा राजु थापा, मना चापागाईँ, मान्सी पुन लगाएतको अभिनय रहेको छ । शिव भुर्तेलको छायांकन तथा सम्पादन रहेको गीतलाई समाचारपाटी डटकमको आधिकारीक युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

Loading...