पत्रकार महर्जन २२ दिनपछि रिहा

   

बैशाख १७, काठमाडौ
किर्तिपुर बाट प्रकाशन हुदै आएको नेपाल भाषा साप्ताहिक न्हूगु ज्वजलपा वा: पौ पत्रिकाका सम्पादक जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि रिहा भएका छन् । मंगलबार सर्बोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो।

प्रहरीले महर्जनलाई चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौंको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै गिरफ्तार गरेको थियो । नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेवा:पत्रकार राष्ट्रिय दबु नेपाललगायत प्रेस तथा मानवअधिकारसँग सम्बन्धित संघ-संगठनहरुले महर्जनको गिरफ्तारीको बिरोध जनाएका थिए ।

नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए। रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो । अदालतको आदेशलपछि रिहा भएका महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।

रिहा पछि क्रान्तिकारी पत्रकार संगठन नेपाल ,नेवा:पत्रकार राष्ट्रिय दबुले मंगलबार साँझ संवाद डबलीमा महर्जनलाई अभिनन्दन गरेको छ । क्रान्तिकारी संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल, नेवा: राष्ट्रिय पत्रकार दवूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्र श्रेष्ठ, महासचिव सुनिल महर्जन, रेडियो मिर्मिरेका प्रबन्धक खम्बु चन्द, इमानदार मिडियाका अध्यक्ष कमल बुढा, संवाद डबलीका सचीव धनन्जय बुढालगायत पत्रकारहरुको उपस्थितिमा भएको अभिनन्दन कार्यक्रममा महर्जनका आफन्तहरुको समेत सहभागिता रहेको थियो ।महर्जन नेवा: पत्रकार दबूका काठमाडौं शाखाका सदस्य हुनुहुन्छ ।

अभिनन्दन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले महर्जनको रिहाइका लागि पहल र सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले गएको विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको थियो ।

लोकतान्त्रिक शासन व्यवस्थामा पनि आस्था, अभिव्यक्ति र विचारकै कारण पत्रकारलाई पक्राउ गरिनु दु:खद भएको भन्दै जैसीले प्रेसमाथि हुने सबै प्रकारका हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरे । उनले जुनसुकै प्रकारको अबरोधको सामना गर्नुपरे पनि प्रेस स्वतन्त्रताको अनवरत लडाइमा साथ दिन मानवअधिकार वादी र प्रेस जगतलाई अपिल गरे ।

पत्रकार महर्जनको रिहाइको लागि पत्रकार महासंघले देशव्यापी दवावमूलक कार्यक्रमको घोषणा गरेको थियो । सोही क्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रेसमाथिको हस्तक्षेप बन्द माग गरेको थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाकाे अभियान उन्नत स्तरमा अझै जारी छ । बधाई छ जितेन्द्र र क्रान्तिकारी पत्रकारहरुलाई । भिडियाे : उमाकान्त युके

Janmadev Comrade ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಏಪ್ರಿಲ್ 30, 2019

सम्बन्धित समाचारमा – यो पनि

महर्जनलाई रिहाई गर्न माग गर्दै माइतीघर मण्डलामा पत्रकारहरुको धर्ना

Loading...