पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ यात्री बोकेको हेलिकोप्टर दुर्घटना

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । पर्यटनमन्त्री अधिकारी सवार डाइनेस्टी एयरको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको हो ।

चुहान डाँडा एयरपोर्ट निरिक्षणका गएको मन्त्रीको हेलिकोप्टर दुर्घटना भएको गृह मन्त्रालय श्रोतले जानकारी गराएको छ । हेलिकोप्टरमा मन्त्रीसहित ६ यात्री रहेका थिए ।

घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

Loading...