सहरको ठूलो अपार्टमेन्ट भवनमा विस्फोट हुँदा एकको मृत्यु

एजेन्सी । चीनको उत्तरीपूर्वी शहर चाङचुनमा एउटा अग्लो भवनमा शुक्रबार विष्फोट भएको छ ।

आपराधिक मनसायले गरेको आक्रमणबारे अनुसन्धान शुरु भएको चिनियाँ अधिकारीले बताएका छन् ।

स्थानीय अग्नि नियन्त्रण ब्रिगेडलाई घटनाको लगत्तै स्थानीय समयानुसार शुक्रबार दिउँसो ३ः२० मा सूचना भएको र तत्काल घटनास्थलमा पुगी विष्फोटस्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याएको स्थानीय प्रशासनलाई उद्धृत गरी चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

वान्डा प्लाजा नामक अपार्टमेन्ट भवनको ३० औँ तलामा भएको विस्फोटभन्दा करिब ३ मिनेट पहिले पनि आक्रमणकारीले पार्किङ गरिराखिएको एउटा कारमा विस्फोट गराइएको थियो ।

आक्रमण के उद्देश्यले गराइएको थियो वा आक्रमणमा कसको हात रहेको थियो भन्ने अनुसन्धानपछि मात्र बताउनसक्ने स्थानीय सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Loading...