घानाको सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु

एजेन्सी । सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । उनीहरूले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् ।

देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ । “घटनामा परी मृत्यु हुनेको संख्या अहिले सम्म १६ पुगेको छ,” स्थानीय सरकारका एक जना नेता क्रिस्टोफर बौट्बीलले सञ्चारमाध्यमसँग कुरा गर्दै भनेका छन् ।

दुर्घटना भएको सुन खानीको व्यवस्थापन पक्षका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

“क्षेत्रीय सुरक्षा परिषद् र जिल्ला सुरक्षा परिषद्का अधिकारीहरू आउदैछन्, उनीहरूसँगै हामी पनि स्थानीय समुदायसँग छलफलका लागि जादैछौँ, उनीहरूसँग छलफल गरेर हामीले सूचना संकलन गर्नेछाँै,” उनले भने ।

दुर्घटनामा पिडित भएकाहरू अवैध मजदुर रहेका छन्, उनीहरू कोही पनि उनीहरूको आधिकारीक कर्मचारी नभएको बताइएको छ । घाना अफ्रिकी क्षेत्रमा दोस्रो धेरै सुन उत्पादन गर्ने देश हो । यस उद्योगमा देशका अन्तर्राष्ट्रिय खेलाडीहरू पनि संलग्न भएको पाईन्छ ।

सुन खानीमा धेरै दिर्घकालिन समस्याहरू रहेकाले यस्ता दुर्घटनाहरू बेला बेलामा भइरहने गरेको अधिकारीहरूले बताएका छन् ।

यसअघि गत अप्रिलमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसैगरी सन् २०१७ को जुलाईमा पश्चिमी घानामा भएको दुर्घटनामा कम्तीमा २२ जना मारिएका थिए ।

Loading...