जापानबाट तीजको कोशेली ‘बोलायो मायाले’

प्रदेशी भुमी जापान रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै सुशील ज्ञवालीको एल्बम ‘बोलायो मायाले’ तीजको लोक दोहोरी गीत बजारमा आएको छ ।

लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा आर अडियो म्युजिक प्रा लिको प्रस्तुतिमा मौलीक शैलीमा, माया र प्रेम कहानीमा आधारित यो गितमा सुशील ज्ञवाली र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ भने रमेश राज भट्टराईको शब्द संगीत रहेको छ ।

जापान र नेपाल दुबै ठाउँमामा छायाँङ्कन गरिएका यस गितको भिडियो निकै मेहनत गरेर निर्माण गरिएको छ अहिलेका ब्यस्त अनि निकै मेहनती निर्देशक शंकर बिसिले म्यूजिक भिडियोको निर्देशन गर्नुभएको छ, भने धेरै मेहनती अनि सफल छाँयाकार शम्भु चैसिरको छाँयाङ्कन र सम्पादन कार्य रबिन बिकले गर्नुभएको छ ।

भिडियोमा गायिका सम्झना नेपालमा र गायक सशील जापानमा छुट्टा छुट्टै देखा परेपनि भिडियो लाई कुशलताका साथ समायोजन गरी एकै लहरमा डो¥याईएको छ । म्यूजिक भिडियोमा चाखलाग्दो नृत्यका साथ शंकर बिसि र पार्बती राईको अभिनय रहेको छ ।

Loading...