आजबाट नेवार समुदाय बौध्द धर्मावलम्बीको गुंला पर्व

 

श्रावण ९ , काठमाडौँ                           प्रत्येक बर्ष श्रावन शुक्ल प्रतिपदा नेपाल संवत् तिथि अनुसार सोमबार बात एक महिनासम्म बौध्ध धर्मावलम्बीहरु भगवान बुद्धको उपासना गरी स्वयेम्भु चैत्यलाई मुल मानि अन्य विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी प्रेम ,करुणा लगाएत जगत कल्याण सहित नौ उदेश्य प्राप्तिका लागि गुलापर्व मनाउने गरिन्छ ।

विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन परम्परागत बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्ने परम्परा रहिआएको छ ।

यसै अवसरमा काठमाडौँको २३ वडा ,न:बही समाजले ओलम्पस क्लब भबन ओमबहालमा   एक महिना ” धर्मदेशना ” स्वयेभु पुराणमा आधारित मानव जगतको कल्याणका सत्य घटनाका कथा बाचन सुभारम्भ गरेको छ । यो महिना धार्मिक उत्तम महिना भएको कारण मानव जीवन अन्य प्राणी सबकालागि बाच्न राग ,द्वेश र क्लेशबात मुक्त हुन् अभिप्रेरित गराउन महापुराणका कथा ,छन्द द्वरा भक्ति भाव जागृत गराउने उदेश्य रहेको कथा बाचक गुरुजु ज्ञान राज बज्राचार्यले बताउनु भयो । आयोजक समाजका अध्यक्ष अरुण शाक्यका अनुशार समाजले जेष्ठ नागरिकका लागि लक्षित गरि यस किसिमको कार्येक्रमको आयोजना गरिएको बताएको छ । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाएको बताइन्छ ।

नेवार समुदयेमा गुंला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन रहेको छ ।

Loading...