“एक कप चिया दान अभियान ” संस्था युवा नेत्र सेवाले निशुल्क आखा शिविर गर्ने

 

  कार्तिक ६, काठमाडौँ । “एक कप चिया दान अभियान ” संस्था युवा नेत्र सेवा काठमाडौँले अाउँदाे कात्तिक ८ देखि १० गतेसम्म श्रीकीर्ति नगरमण्डप विहारमा निशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ । सेवाको २२ औं वार्षिकोत्सवको अवसरमा सो शिविर आयोजना गर्न लागिएको हो । दैनिक एक कप चियाको मूल्य बराबर अर्थात दैनिक १५ रुपैयाको दरमा वर्षभरीको चियाको पैसा ९५ हजार ४७५ रुपैयाँ दान आफ्ना सदस्यहरुबाट संकलन गरेर बनेको संस्था निम्नवर्गका विरामीहरुको निःशुल्क आँखाको उपचारमा सहयोगको कार्यक्रम गर्दै आएको छ । सस्थाका अध्यक्ष एवम् वरिष्ठ नेत्र विशेषज्ञ सिद्धार्थ रंजितले तीनदिने सो शिविरमा निःशुल्क आँखा जाँचको साथै उपचार र निःशुल्क शल्यक्रिया समेत गरिने छ । शिविरमा कम्तिमा ५० जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने पनि अध्यक्ष रंजितले बताउनुभयो ।
संस्थाले काठमाडौ उपत्यकाका साथै देशका दूर्गम स्थानका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच तथा आँखा शिविर सञ्चालन गर्नका लागि ५०० दाताहरुबाट संकलित “एक कप चिया दान अभियान” अन्तर्गत युवा नेत्र सेवाले सञ्चालन गर्दै आएको छ ।

Loading...