नेपाल फेस्टिवलमा सुदुरपश्चिमको ‘देउडा’पनि

भोलिदेखि जापानकाे टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल हुँदैछ । विभिन्न कार्यक्रमका साथ सुरु हुने नेपाल फेस्टिवल अाइतबारसम्म चल्ने अायाेजकले जनाकारी दिएकाे छ ।

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिवलको सबै तयारी पूरा भएको नेपाल फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले जानकारी गराए । 

फेस्टिवलमा बिभिन्न नेपाली कला संस्कृतिको प्रदर्शन गरिने छ भने बिशेष आकर्षकका रुपमा बौद्ध स्तुपा पनि बनाइएको छ । उक्त फेस्टिवलमा सुदुरपश्चिमको आकर्षक लोकप्रिय देउडा नृत्यको पनि प्रदर्शन गरिने भएको छ । देउडा नृत्यको संयोजन सुदुरपश्चिमेली समाज जापानले गर्ने समाजका अध्यक्ष एकेन्द्र थापाले जानकारी दिए ।

देउडा नृत्य अाइतबार प्रदर्शन गरिने पनि अध्यक्ष थापाले जानकारी दिए ।त्यसैगरी नेपाल फेस्टिवलमा सहभागिताका लागि एनआरएनए जापानका सदस्य आषिश रावलले सबै सुदुरपश्चिमेलीलाई अपिल पनि गरेका छन ।

Loading...