मोदी नआउँदै जनकपुरमा सुरु भयो यस्तो लफडा, सुरक्षाकर्मी तनावमा

काठमाडौं, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपुग्दै जनकपुरमा तनाव सुरु भएको छ । जसकारण प्रहरीलाई तनाव भएको छ ।

व्यस्थापकीय पक्ष कमजोर भएका कारण अस्तव्यस्त र तनाव सिर्जना भएको हो । प्रधानमन्त्री केपी ओली र स्थानीय सरकारले २ नम्बर प्रदेशवासीलाई मोदीको स्वागतमा उत्रिन उर्दी जारी गरेपछि सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । जसकारण सर्वसाधारणहरु आक्रोशित समेत बनेका छन् ।

मोदीलाई गरिने अभिन्नदनस्थल रंगभूमि १२ विघा पुग्न अपनी सर्वसधारणलाई सास्ती खेप्नु परेको छ। बिहान ६ बजे देखिनै लाइन बस्न स्थानीय सरकारको ठाडो आदेश दिएपछिस्थानीयहरु भोकभोकै बिहानैदेखि जबर्जस्ती लाइनमा बस्न बाध्य भएका छन्।

मुख्य मन्त्री लालबाबु राउतले दुई दिन अगाडि पत्रकार सम्मेलन गरी सर्वसाधारणले सहज प्रवेश गर्ने ब्यबस्था मिलाएको दाबी गरेका थिए। तर प्रवेश सहज नहुँदा करिब आधा जनता अभिन्नदनस्थल पुग्न सक्ने अबस्था छैन्। महिलाले झन बढी सास्ती भोगेका छन् । महिलाको लाइन ब्यबस्थित छैन्, जसले गर्दा पुरुषको भीडमा दुर्व्यवहार सहेर पनि अभिन्नदनस्थल जान बाध्य छन्।

Loading...