युट्यूवमा लालजोडीको तहल्का

गत भदौ तेस्रो साता प्रदर्शन भएको फिल्म ‘लालजोडी’ युट्युबमा आएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म शुक्रबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत इन्टरनेटमा छाएको हो ।

दिलासा क्रिएसनको ब्यानरमा निर्माण भएको लालजोडीलाई चौबीस घण्टामा साढे दुई लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्ममा बुद्धि तामाङ, रजनी केसी, आयुष्मा कार्की, ज्योति काफ्लेलगायतले अभिनय गरेका छन् । रामेश्वर कार्कीले खिचेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मले हालै लन्डनमा सम्पन्न बक्स अफिस फिल्म फेयर अवार्डमा सर्वाेत्कृष्ट कथा, अभिनेता र अभिनेत्रीको अवार्ड जितेको थियो ।

हाँसो र रोदनले भरिएको फिल्मले युट्युबमा समेत निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । निर्देशक सुवेदी लालजोडीपछि अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनले दसँैलगत्तै सो फिल्मको सुटिङ थाल्ने जनाएका छन् ।

Loading...