मुस्ताङ दुर्घटनामा मृत्यु हुनेको संंख्या २० पुग्यो, सबै शव पोखरा ल्याइयो

पाेखरा, २३ असार । मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे स‌ख्या २० जना पुगेको छ । शनिवार २० जनाकै शव पोखरा ल्याइएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत ती शव अाज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट ल्याइएकाे हाे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार १५ शव स्याङबाेचेमा थिए भने पाँच शव जिल्ला […]

दुर्इहप्तादेखि गुफामा थुनिएका १२ जना बालकले पठाए एक लिखित सन्देश

एजेन्सी । उत्तरी थाइल्याण्डको एक गुफामा दुई हप्ता देखि फसेका १२ जना बालकहरुले आफ्नो परिवारको लागि पहिलो पटक सन्देश पठाएका छन् । उनीहरुसँगै फसेका एक फुटबल प्रशिक्षक र बालकहरुले हस्तलिखित चिठी परिवारलाई पठाएका हुन् । चिठी मार्फत केहीले भनेका छन् – ‘चिन्ता नगर्नुस्, हामी बहादुर छौँ ।’ केहीले भने आफूहरुलाई मन पर्ने खाने कुरा पठाउन […]

इन्द्रसरोबरमा डुबेर दुई बालकको मृत्यु

हेटौँडा, २३ असार । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल […]

रड प्रहार गरेर ज्वाइँले गरे ससूराको हत्या

स्याङ्जा, २१ असार । आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी […]

पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै दन्काइदिए चुरोट

काठमाडौं ।  विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् ।  सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा […]

छाउगोठमै १५ वर्षीया किशोरीको सामूहिक बलात्कार

सुर्खेत । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनै जनालाई […]

तिर्थयात्रामा नेपाल आएका १७०० बढी भारतीय अलपत्र, ३०० को उद्धार, ७ को मृत्यु

काठमाडौं, २० असार । तिर्थयात्रामा नेपालमा आएका भारतीय पर्यटकहरु समस्यामा परेको भन्दै भारतले उद्धार थालेको छ । एकाएक मौसम खराब भएपछि परेको अविरल वर्षाका कारण कतै डुवान, कतै पहिरो त कतै यातायात सूचारु नहुँदा तिर्थालु भारतीयहरु समस्यामा परेका हुन् । यसरी अलपत्र पर्ने भारतीय तिर्थालुहरुको संख्या दुई हजारको हाराहारीमा रहेको बताइएको छ । त्यसमध्ये आधा […]

सर्पले लियो १२ वर्षीय बालकको ज्यान

रुपन्देही । रुपन्देहीमा सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो । सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा खाटमुनी रहेको गोमन सर्पले टोकेको थियो । सर्पले टोकेपछि घाइते भएका इमरानलाई उपचारको लागि भैरहवा ल्याउने क्रममा बाटोमा नै […]

टोपो खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक ठप्प

चितवन । नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए । ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन […]

उत्तराधिकारीको बिषयलाई लिएर ज्ञानेन्द्र र कोमलबीच तनाव सुरु

काठमाडौं । निर्मलनिवासभित्रको उत्तराधिकारी राजनीतिको ‘खटपट’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच यस विषयमा खटपट सुरु भएको बताइन्छ । कोमल सुध्रिन थालेका छोरा पारस शाहलाई निर्मलनिवासको उत्तराधिकारी बनाउन दबाब दिन थालेकी छन् भने ज्ञानेन्द्र बुहारी हिमानी शाहलाई उत्तराधिकारी बनाउनुपर्ने अडानमा छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । दरबारले आगामी दिनमा […]