अब चार घन्टा पसल खाेल्न दिइने

झापा, २७ बैशाख । देशभर जारी बन्दाबन्दी झापामा केही खुकुलो बनाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको आयोजनामा शुक्रबार भएको छलफलमा न्यूनतम मापदण्ड पूरा गरि पसलहरू चार घण्टा खुलाउने निर्णय गरेको हो । सर्वपक्षीय बैठकमा जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इट्टा विक्री केन्द्र, बैङ्क तथा […]

दिल्लीस्थित दूतावासलाई लिपुलेक मिचिएकोबारे विस्तृत विवरण पठाउन सरकारको निर्देशन

काठमाडाैं । भारतले अतिक्रमित नेपाली भूमिमा एकतर्फी सडक उद्घाटन गरेकोमा नेपाल असन्तुष्ट भएको छ । यो विषयमा विस्तृत विवरण यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दूतावासलाई शुक्रबार निर्देशन दिएको छ । दूतावासबाट विवरण आएपछि धारणा सार्वजनिक गर्ने सरकारको तयारी छ। दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले यस सम्बन्धमा प्रतिक्रिया दिन अस्वीकार गरे भने परराष्ट्रका अधिकारीले दिल्लीबाट विवरण नआउन्जेल नबोल्ने […]

लिपुलेकमा भारतले एकतर्फी खनेको बाटोबारे परराष्ट्रमन्त्रीले खोले मुख

काठमाडौँ । भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ। भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए। […]

जिर्ण शरिरलाई अन्याय नगर्न प्रम ओलीलाई बाबुरामको संसदमा सुझाब

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे शरिर राेगले जिर्ण भएकाे भन्दै शरिरमाथि अन्याय नगर्न उनलाइ सुझाब दिएका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्काे गम्भीर गल्ती गर्दै गएकाे भन्दै उनलाइ राजीनामा दिएर आफ्नाे नैतिकता जाेगाउन पनि सुझाएका छन्। शुक्रबार प्रतिनिसभाको अधिवेशन सुरु भएको अवसरमा धारणा राख्दै भट्टराईले नैतिकताका […]

लिपुलेकबाट नेपाली भूमी मिचेर भारतले बनायो मानसरोवर पुग्ने सडक

काठमाडौं, २६ बैशाख । भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए। कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन्। भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर […]

बल्ल गर्यो प्रहरीले सर्वेन्द्र खनाल र महेश बस्नेत विरुद्ध अपहरण मुदा दर्ता

काठमाडौं, २६ बैशाख । नेपाल प्रहरीका पूर्व प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध अपहरण मुद्दा दर्ता भएको छ। उनीहरुले केही दिन अघि सांसद सुरेन्द्र यादवलाइ उनकै घरबाट अपहरण गरी काठमाडाैं ल्याएर बन्दी बनाएकाे खबर सार्वजनिक भएकाे थियाे । त्यसका विरुद्ध यसअघि सांसद यादव र उनकाे दलका नेताहरुले मुद्दा दर्ता गर्न […]

लकडाउन खुकुलो, काठमाडौँका सडकमा सवारी आवागमन बढे

काठमाडौं, २६ बैशाख ।  काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएको छ । शुक्रबारबाट राजधानीका सडकमा सवारी अावागमन बढेका छन् ।  सरकारले लकडाउन थप गर्दै जेठ ५ गतेसम्म पुर्याए पनि अावागमन भने खुकुलाे भएकाे छ । यसअघि सुनसान देखिएकाे काठमाडौँ उपत्यकाका सडक शुक्रबार भने अावागमन बढेपछि धेरैले लकडाउन खुलेकाे हाे कि भन्ने ठानेका थिए ।  मन्त्रिपरिषदले यातायात, […]

लकडाउनमा रेल नआउने ठानी लिकमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु

काठमाडाैं । शुक्रबार बिहान रेलले किच्दा भारतमा १६ जना मजदुरको मृत्यु भएको छ । साथै ५ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो। ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना […]

आजदेखि वजेट अधिवेशन, पत्रकारलाई कलम र डायरी समेत लिन लगाइयो रोक

काठमाडौं, २६ वैशाख । संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वजेट अधिवेशन समेत रहेको संसदको वर्षे अधिवेशन अपरान्ह ४ बजेदेखि सुरु हुने बताइएको छ । कोरोनाको सन्त्रासबीच सुरु हुन लागेको यस अधिवेशनमा पत्रकारहरुलाई प्रवेश पास दिइए पनि उनीहरुलाई कलम र कापी केही पनि लिन नदिने गरी बन्देज लगाइएको छ । यो अधिवेशनमा प्रतिनिधि सभा […]

लकडाउनमा रगत अभाव हुन नदिन मेयर शाक्य गरे रक्त दान

 बैशाख २५ ,काठमाडौँ ।   लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले आफै रक्तदान गर्नुभएको छ । मेयर शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले बुधबार आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ पटक रक्तदान गर्नुभएको हो । […]