नेपालपछि भारतले लगायो माल्दिभ्समा कडा नाकाबन्दी

काठमाडाैं, १६ असार । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ। भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज […]

दैनिक पत्रिकाको न्यूजरुममा अन्धाधुन्दा गोली चल्दा पाँचजनाको मृत्यु

काठमाडाैं । अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् । पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ । क्यापिटल ग्याजेट नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो । एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए […]

दक्षिण सुडानमा युद्धविरामको सम्झौता, सबै पार्टीले गरे हस्ताक्षर ?

एजेन्सी ।  दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारबीच स्थायी युद्धविराम गर्ने सहमति भएको छ । स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् । दक्षिण सुडानमा लामो समयदेखि हुँदै आएको गृहयुद्ध अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले स्थायी युद्धविरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर […]

यस्तो बनाएका छन किम जोङ उनले आफ्ना लागि तीन घेराको कडा सुरक्षा व्यवस्था

पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो । गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह […]

मेयरको हत्या आरोपमा सहरका सबै प्रहरी गिरफ्तार

काठमाडाैं । मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर गोली हानी हत्या गरेका थिए । जुलाई १ तारिखदेखि मेक्सीकोमा आम निर्वाचन हुँदैन । सेप्टेम्बरदेखि यहाँ एक सय २० नेताको हत्या भइसकेको छ […]

भारतले लगायो माल्दिभ्समाथि अघोषित नाकाबन्दी

काठमाडाैं, १२ असार । भारतले माल्दिभ्सलाई पठाउने अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । आलु, प्याज, अण्डासमेत अन्य खाद्यवस्तुको निर्यातमा भारतले कम गर्ने निर्णय गरेको हो । भारत सरकारको यस्तो कदमले माल्दिभ्सले खाद्य सामग्रीको कमीको सामना गर्नुपर्ने बीबीसीले बताएको छ । यसले भारत र माल्दिभ्सबीचको खराब सम्बन्ध दर्साउँछ । भारतले यसका लागि […]

जिम्बाब्बेका राष्ट्रपतिमाथि बम हमला, मुस्किलले जोगिए

काठमाडौं ।  जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो । उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा […]

आप्रवासी संकटबारे शिखर सम्मेलन, १६ युरोपेली राष्ट्रका नेता सहभागी हुँदै

ब्रसेल्स ।  युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले ब्रसेल्समा हुने आप्रवासी संकटबारे आइतबार हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका छन् । आप्रवासी शरणार्थीबारे समाधान निकाल्न सम्मेलनको आयोजना यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले गरेका हुन् । आप्रवासीको समस्या समाधानमा कसले पहिले प्रक्रिया थाल्छ भनी विश्वभरबाट चासो बढिरहेका समय ती देशका नेताहरूले समाधानका लागि […]

रामपुरमा ट्याक्टर र जिप ठोक्किए, १५ जनाको मृत्यु

भोपाल ।  भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको बताईएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। शव निकाल्न डोजरको सहयोग  दुर्घटना यति भयानक थियो […]

आफ्नो परमाणुको सुरक्षा ग्यारेन्टी नगरेरै किम परमाणु हतियार नष्ट गर्न तयार भएपछि चीन दङ्ग

एजेन्सी । किम जोङ उन र डोनाल्ड ट्रम्पको भेटवार्तालाई लिएर चीन तीन छक्क परेको छ। चीनको सरकारी च्‍यानल सीजीटीएनले उक्त भेटलाई प्रत्‍यक्ष प्रशारण गरेका थिए। चिनियाँ सरकारी च्‍यानलका एक सम्बाददाता सिंगापुरमा थिए भने दोस्रो स्टुडियोमा। किम-ट्रम्प भेटको बारे आपसमा कुरा गर्दै उनीहरुले उत्तर कोरिया आफ्नो परमाणुको सुरक्षा ग्‍यारेन्टी नगरीकनै परमाणु हतियारलाई नष्ट गर्न राजी भएको […]