लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले […]

कोरोना त्रासः जुमाको नमाज घरमै पढे कपिलवस्तुका मुस्लिम समुदायले

कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबारीय जुमाको नमाज घरमै पढेका छन् । कोरोना भाइरसको त्रास बढेपछि सरकारले लकडाउन गरेपछि मुस्लिम समुदायले शुक्रबार घरमै बसेर जुमाको नमाज पढेका हुन् । मुस्लिम समुदायको बाहुल्यता रहेको जिल्लाका मुस्लिम समुदायले हरेक शुक्रबार मस्जिदमा गई जुमाको नमाज पढ्ने गरेकोमा कोरोना त्रासका कारण आ–आफ्नै घरमा जुमाको नमाज पढेको मदरसा बोर्ड प्रदेश ५ का […]

लकडाउनले ठप्प काठमाडौँ १४ ताजा फोटोमा अपडेट

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ। कोरोना महामारीका कारण शुक्रबारसम्म ५ लाख ३३ हजार २१ जना बिरामी परेका छन्। काेराेना भाइरसका कारण २४ हजार ९६ जनाको मृत्यु भइसकेको छ। १ लाख २४ हजार ३८८ जना भने उपचारपछि स्वस्थ बनेका छन्। पछिल्लो समय कोरोनाले विकराल अवस्था […]

पाल्पामा निषेधाज्ञा जारी

पाल्पा ।  सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी […]

‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’

दुल्लू ।  “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ । कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि […]

सप्तरीमा ‘लकडाउन’ उल्लंघन भएपछि सेना परिचालन

काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय […]

कपिलवस्तुमा निषेधाज्ञा जारी

 जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ । विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन सरकारले मंगलबार विहान ६ बजेदेखि ‘लकडाउन’ जारी गरेपनि खुल्ला सिमानाका कारण सम्भव नभएपछि कपिलवस्तुमा निषेधाज्ञा जारी गरेको हो । मानिसहरुलाई भीडभाड नगर्न भनेपनि अटेरी बढेपछि निषेधाज्ञा जारी गर्न प्रशासन बाध्य भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा […]

भारतबाट आएकाहरु नेपालगञ्जको क्वारेन्टाइनबाट भागे

नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो […]

महामारी फैलिरहेको बेला मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?

काठमाडौँ, कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ । कोरोना भाइरसको प्रकोपका कारण दुनियाँभरका करोडौं मानिसहरुको जीवन नाटकीय रुपमा बदलिँदै गएको छ । समय समयमा यस्ता परिघटनाहरु हुँदै आएका छन् । जसमा धेरैको जीवनशैली र उनीहरुको सोच्ने क्षमता समेत धेरै बदलिएको पाइन्छ । यसले मानिसको मानसिक […]

उपत्यकासहित देशभर क्षणिक वर्षाको सम्भावना

काठमाडौं, १० चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी […]