६ नम्बर प्रदेशको राजधानी जुम्ला राख्नुपर्ने प्रस्ताव

सुर्खेत, १२ फागुन । प्रदेश नम्बर ६ काे राजधानी जुम्ला प्रस्ताव गरिएकाे छ । प्रदेश सभाकाे बैठकमा उक्त नाम लगिने भएकाे छ ।

शनिवार बस्न लागेकाे प्रदेश सभाकाे बैठकमा प्रदेशकाे राजधानी कहाँ राख्ने भन्ने सम्बन्धमा २ वटा प्रस्ताव लगिएकाे छ । प्रस्तावमा अहिले ताेकिएकाे अस्थायी केन्द्र सुर्खेत नै हुने वा जुम्ला राख्ने भन्ने उलेलेख गरिएकाे छ । सभाले अाजै प्रदेश राजधानीका बारेमा छलफल गर्ने बताइएकाे छ । कर्णाली क्षेत्रका सभासदहरुले जुम्लालार्इ राजधानी बनाउन निकै धेरै लविङ गरिरहेका छन् । उनीहरुलेे कर्णाली पिछडिएकाे क्षेत्रकाे एक विम्व भएकाेले यही अाधारबाट याे क्षेत्रलार्इ माथि उठाउनु पर्ने उनीहरुकाे माग छ । त्यसैगरी याे प्रदेशकाे नाम कर्णाली राखिएमा र राजधानी जुम्ला लगिएमा साँच्चिकै संघीयताकाे अर्थ झल्किने र अधिकार पिछडिएकाे क्षेत्रलार्इ दिएकाे ठहर्ने उनीहरुले दावी गर्दै अाएका छन् । 

त्यसैगरी प्रदेशकाेे नामका सन्दर्भमा पनि दुर्इवटा प्रस्ताव राखिएकाे छ । प्रस्तावमा ६ नम्बर प्रदेशकाे नाम भेरी कर्णाली वा कर्णाली मात्र कुन राख्ने भन्ने कुरा उल्लेख छ । नामाकरण र स्थायी राजधानीका लागि दुई-दुईवटा नाम प्रस्ताव गरिएको हाे । संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेशसभालाई नै दिएको छ ।

यसअघि गत बुधबार निर्धारण गरिएको बैठक सांसदहरुको अनुपस्थितिका कारण बस्न सकेको थिएन । महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु उपस्थित नभएपछि आलोचना भएको थियो । शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।

Loading...