,

काठमाडौँ। गोरखाको धार्चे गाउँपालिकाले सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लगेका दुईजना आरोहीलाई झण्डा हस्तान्तरण गरेको छ । आइतबार गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ र उपाध्यक्ष फुलमाया गुरुङले आरोही पुरबहादुर ( युक्ता ) गुरुङ र इमान गुरुङलाई झण्डा हस्तान्तरण गर्नुभएको हो ।
कोरना महामारी , लकडाउनका कारण पर्येतक नहुदा रोकिएको आरोहण यात्रालाइ पुरबहादुर र इमानले पुनः अगाडी बढाएको हो यसअघि आरोही पुरबहादुरले चारपटक र इमानले दुईपटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।


‘ गुरुङ समुदायलाइ चिनाउन पनि हामीले यो पेशालाइ अगालेको हो। यो पटक १८ चिनियाँ र ३ अमेरिकी नागरिक गरि २१ हामी गाइड समूह रहने छ। पर्येतन सम्बन्धित् सरकारी निकाएले हामी जस्तो गाइडलाइ हौसला दिने केहि कदम चल्नु पर्ने हो तर छैन।
’ ननस्टप खबर संगको सम्क्षिप्त कुराकानीमा पुरबहादुर गुरुंगले बताउनु भयो।
यसअघि पनि उहाँहरु दुबैजनाले मनास्लु, धौलागिरिलगायतका शिखरहरु आरोहण गरिसक्नुभएको छ ।

आरोही पुरबहादुरका अनुसार आधारशिविरमा दुईमहिना तैयारी र मौसम अनुकुलताको लागि अध्यन गर्न बसेपछि सगरमाथामा आरोहण गरिनेछ ।

Loading...