नेशन्स लिगमा आइसल्याण्डमाथि इंग्ल्याण्डको फराकिलो जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले आइसल्याण्डमाथि फराकिलो जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्याण्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इंग्ल्याण्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट र डिक्लान राइसले एक एक गोल गरे । खेलको २०औँ मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

खेलको २४औँ मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डको अग्रता २-० को बनाए । ५४औँ मिनेटमा बिर्किर सेभर्सनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आइसल्याण्ड १० खेलाडीमा समेटियो ।

८० औँ मिनेटमा फोडेनले गोल गर्दा इंग्ल्याण्ड ३-० ले अघि रह्यो । ८६ औँ मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै लिग ‘ए’ समूह बीको इंग्ल्यान्डले ६ खेलमा १० अंक जोड्यो ।

Loading...