डाँका गरेको आरोपमा फरार अभियुक्त १६ बर्षपछि पक्राउ

   काठमाडौँ। काठमाण्डौको जडिवुटीमा नारायण खनाललाई नियन्त्रणमा डाकैत गरेको अभियोगमा १६ बर्ष देखि फरार रहेका जगन्नाथ ढकाललाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ढकाल समेतका समुहले २०६१।०६।०७ गते काठमाण्डौको जडिवुटीमा मोटर साइकलमा फर्किदै गरेका नारायण खनाललाई हामी सुरक्षाकर्मी हौ भनि अन्य ५जनाको संलग्नतामा नियन्त्रणमा लिई मुखमा टेप लगाई वोल्न कराउन नदिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगी उनको साथमा रहेको नगद, मोटरसाईकल र मोवायल समेत गरी जम्मा रु.११,६३,९००।- बराबरको धनमाल डाँका गरेको प्रहरीको अनुशन्धानले बताएको छ।
घटनामा संलग्न रहेका प्रतिवादी जगन्नाथ ढकाल सोही समय देखी फरार रही विदेशमा गई बसेको र पछिल्लो समयमा नेपाल आई लुकिछिपी बसेको सुचनाको आधारमा महाशाखाबाट खटिएको विशेष टोली, जि.प्र.का. मकवानपुर र ई.प्र.का. पशुपतिनगरबाट खटिएको सयुक्त टोलीले गएको मंगलबार दिउँसो मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ७ नागसोतीबाट निज ढकाललाई पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा उक्त घटनामा जगननाथ ढकाल समेत ११ जना व्यक्तिहरुको संलग्नता रहेको खुल्न आई प्रतिवादी कायम भएको हो २०६३।११।१३ को पुनरावेदन अदालत पाटनको आदेशले निजलाई थुनामा राख्ने आदेश भएपछि निज तारेख गुजारी बसेकोमा मिति २०६४ साल भदौ ६ गतेको काठमाण्डौ जिल्ला अदालतको फैसलाले निज प्रतिवादी जगन्नाथ ढकाललाई ६ बर्ष कैद र जरिवाना रु. १,९६,६५०।- सजाय हुने गरी फैसला भएको थियो। महाशाखाले ढकाललाई फैसला कार्यान्वयनको लागि आजै काठमाण्डौ जिल्ला अदालत पठाईएको छ।

Loading...