देशभर २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६८ हजार १२९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।

Loading...