१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

काठमाण्डौं । गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्सा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हासिल गरेकी छिन ।

टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलले अनलाइन मार्फत आयोजना गरेको अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा विभिन्न विधामा विश्वभरबाट १६ देशका ४० जना प्रतिस्पर्धीहरु सहभागी थिए । जसमध्य नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी ७ वर्षिया प्रिन्सा खड्काले सबैलाई पछि पार्दै ‘गोल्डेन क्विन’ को उपाधि हात पारेकी हुन ।

आज टिभी स्टार्ट फेस्टिवलले ‘गोल्डेन क्विन अफ द टिभी स्टार्ट वल्ड २०२०’ घोषणा गरेको हो । अनलाइन मार्फत विभिन्न चरणमा सम्पन्न प्रतिष्पर्धामा उक्त सफलता प्रिन्साले हात पारेकि हुन । प्रतियोगितामा प्रिन्शाको विभिन्न भिडियो र तस्बिरहरु प्रतिष्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो । कार्यक्रमको संयोजन नेपाल स्थित मोर्निंग ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गर्नुभएको थियो ।

प्रिन्शाले दुई महिना अघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्सा खड्काले फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी थिइन ।

रुकुमकी प्रिन्सा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्साले नारायण रायमाझीको बहुचर्चित गित ‘कारगिल भाग २’ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरेकी प्रिन्साको अभिनय नि त्यतिकै निखारिएको छ ।

Loading...