हिमपातले लिमी क्षेत्रका नाका बन्द

हुम्ला । नाम्खा गाउँपालिकाको वडा नं ६ को लिमी क्षेत्र कात्तिक १६ गते परेको हिमपातका कारण छ महिनाका सदरमुकाम आउने नाका बन्द भएका छन् । यसबाट स्थानीयहरूलाई गाउँभन्दा बाहिर जान अबरोध हुने भएको छ ।

करीब एक हजारभन्दा धेरै जनसंख्या तथा दुई सयभन्दा धेरैै घरधुरी भएको हुम्लाको एक मात्र हिमाल पारीको गाउँमा नारा र न्यालु हिमाल हिमपात हुँदा आवतजावत बन्द भएको नेकपा हुम्लाका केन्द्रीय सदस्य विजय भण्डारी प्रतिरोध जानकारी दिएका छन् ।

उनले भने हामी १५ जनाको टोली लिमी क्षेत्र र लाप्चाको सीमा अध्ययनका लागि लिमी गएका थियौं तर मौसममा बदली हुँदा हतारमा काम सिध्याएर फर्किएका छौं । न्यालु हिमालमा करीब आधा फिट हिउँ परेको छ । हामी हिउँ पर्दै हतारमा आएका हौं ।

लिमी क्षेत्रको तीनै गाउँको उचाई चार हजार मिटरभन्दा माथि भएकोले हिउँदको समयमा अलिकति बादल आयो कि हिउँ आउने हुनाले बाहिरका र स्थानीयहरूलाई आवतजावतमा समस्या हुने नाम्खा वडा नं ६ का अध्यक्ष पाल्जोर लामाले बताए ।

अब लिमीका बासिन्दाहरूलाई ६ महिनाका लागि सबै नाका बन्द भएका छन् । यसबाट स्थानीयहरूलाई बाहिर जान समस्या हुने भएको छ ।

लिमीबाट फर्केपछि

Loading...