राजधानी भियनाको ६ स्थानमा अन्धाधुन्ध ‘आतंकवादी’ आक्रमण

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् ।

गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ ।

आक्रमणपछि भियनाको ठूलो क्षेत्रमा प्रहरीको तैनाथी भएको छ । भियनाका मेयरले गोलीकाण्डमा १५ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो, तर सो स्थल निशाना थियो थिएन भन्ने स्पष्ट भएको छैन ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन् । स्थानीय समय अनुसार सोमबार राति ८ बजेतिर आक्रमण भएको हो ।

Loading...