बाह्र सय वर्ष पुरानो हल्जी गुम्बाका टावाहरूलाई बन्दोवस्ती सामानहरूको अभाव

हुम्ला । हुम्ला–हुम्ला नाम्खा गापाको उच्चस्थानमा रहेको १२ वर्ष पुरानो गुम्बाका पुजारी तथा गुम्बाको पूजाआजाका लागि बस्ने ब्रह्मचारी अर्र्थात टावाहरुलाई यो वर्ष खाद्यान्न, नुन, तेल तथा गुम्बाको पूजाआजाका लागि चाहिने बन्दोबस्तीमा सामानहरुको अभाब रहेको छ ।

मासिक दुई लाखसम्म खर्च लाग्ने यो गुम्बामा हाल स्थानीय गाउँलेहरुमो दान, दातव्य, ध्वाँगे अर्थात् पारिवारिक दान र टावाहरुले गर्ने श्रम र स्थानीयहरुको श्रमदानबाट गुम्बाको खर्चपानी चल्दै आएको छ । यो वर्ष उत्तरी नाका बन्द हुँदा गाउँमा पनि बन्दोबस्तीमा सामानहरुको कमी आउँदा गुम्बा यसको प्रत्यक्ष असर परेको नाम्खा वडा नं ६ लिमीका वडा सदस्य पाल्जोर तामाङ्गले बताए ।

मासिक दुई लाखसम्म खर्च हुने यो गुम्बामा हिउँदको समयमा विभिन्न प्रकारका दैनिक, साप्ताहिक र मासिक पूजाआजा गरिने हुँदा विभिन्न प्रकारका बन्दोबस्तीका सामानहरूको धेरै अभाव हुने भएकाले सीमित मात्रामा खर्च घटाएर परम्परा धान्नु मात्र हुने मुख्य पूजारी सोनाम तण्डुप तामाङ्गको पिरलो रहेकोछ ।

उनले भने कति समयसम्म स्थानीयहरूको दानदातव्य र पारिवारिक दानले धान्ने अब त स्थानीय सरकार पनि आएको छ । हामीहरूलाई मासिक रुपमा निश्चित रकम वा रासनपानीको व्यवस्था गरि दिएको भए सबैलाई राम्रो हुने थियो ।

बिहान बेलुका थुक्पा, नाक्टांङ्ग भोटे चिया र निश्चित रासन पानी बाहेक यो वर्ष अन्य खर्च कटाएको पनि स्थानीय गाउँलेहरूले बताएका छन् । उनीहरूले भने यो वर्ष कोरोना र सीमा समस्या उत्तरी नाका बन्द हुँदा यस्तो समस्या आएको हो ।

Loading...