पर्यटनको विकासका लागि जुर्मुराए बिमस्टेक राष्ट्रका पर्यटन व्यवसायी

काठमाडौं । खाडीका राष्ट्रहरूको संगठन बिमस्टेकका सदस्य राष्ट्रका पर्यटन ब्यबसायीहरुको पहिलो बैठक सम्पन्न भएकाे छ । भारतको नयाँ दिल्लीमा सम्पन्न भएकाे बैठकले सदस्य राष्ट्रहरुमा पर्यटन उद्याेगलार्इ बढाउन महत्वपूर्ण निर्णय गरेकाे छ ।

बैठकले बिमस्टेकका सदस्य राष्ट्रहरुको साझा टुर प्याकेज बनाउने, बिमानस्थलमा अतिथि सत्कार डेस्क राख्ने, बिमस्टेक टुर अपरेटर्स नेटवर्कको वेबसाइट बनाउने र क्षेत्रीय पर्यटन गतिबिधि बढाउन सदस्य राष्ट्रका नागरिकहरुलाई भिसा प्रक्रिया सरलीकृत गर्ने लगायतका बिषयमा छलफल गरेकाे बताइएकाे छ ।

त्यसैगरी भारतले विद्युतीय भिसा भएका पर्यटकहरुलाई पनि स्थलमार्गबाट दोहोरो प्रवेशको सुबिधा दिने जनाएको छ । ‘अब विद्युतीय भिसा लिइ भारत भ्रमणमा अाएका बिदेशी पर्यटकहरुले नेपाल भ्रमण गरी भारत फर्कन पाउनेछन् । यो नयाँ सुविधाले हामीलाई भारतमा रहेका तेस्रो मुलुकका पर्यटकहरुलाई लुम्बिनी, चितवन र पोखरा लगायतका शहरहरुमा भ्रमण गराउन मद्दत पुर्याउने अाशा गरिएकाे छ । सीमापार पर्यटन बिकास तथा प्रबर्द्धन गर्न यसले थप सहयोग पुर्याउने बताइएकाे छ ।

हालसम्म पासपोर्टमा पाराम्परिक भिसा भएका पर्यटकहरुले मात्र यस्तो सुबिधा पाईरहेका थिए । सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाईल्यान्ड सदस्य छन् ।

नेपालका तर्फबाट बैठकमा पाँच सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो । प्रतिनिधिमण्डलको नेतृत्व पर्यटन बिभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले गरेका थिए । विभागकी कानुन अधिकृत लक्ष्मी शाह लगायत नेपाल एसोसीएसन अफ टुर अपरेटर्सका अध्यक्ष अशोक पोख्रेल, बुद्धिस्ट सर्किट्स डट कम का बिक्रम पाँडे काजी र नटराज टुर्सका शिखर प्रसाई प्रतिनिधिमण्डलमा सहभागी थिए ।

Loading...