दशैंको मुखमा साढे ६ लाखको अवैध चाइनिज मदिरा भित्रियो

हुम्ला । दशैंलाई लक्षित गरेर सिमकोट बजार क्षेत्रमा चाइनिज मदिराको अवैध रुपमा आयात बढ्न थालेको छ । सिमकोट लाग्नाबाट १५ खच्चरले ९० प्याक चाइनिज रक्सी भखैरै ल्याउँदै गरेको प्राप्त जानकारी भएको छ ।

पछिल्लो समय हुम्लाको दुबै उत्तरी नाकाहरूमा चाइनिज सामानहरू आउन बन्द भए पनि पटक पटक चाइनिज मदिरा के कसरी र कहाँबाट आउँछ । यो बारेमा जिल्लामा बसेको सुरक्षा निकाय मौन देखिनु सोचनिय पक्ष भएको स्थानीयहरूको भनाई रहेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार सिमकोटको लाग्नाबाट १५ खच्चरले ९० प्याक चाइनिज मदिरा ल्याउने गरेको जानकारी प्राप्त भएको छ । हाल सिमकोट बजारमा प्रति बोतल ६०० का दरले बिक्री हुने भएकाले पनि पटक पटक यो अवैध रक्सीको बजार सिमकोट क्षेत्रमा राम्रो भएको नाम नबाउने शर्तमा एक होटल व्यवसायीले बताएका छन् ।

भर्खरै सिमकोटतिर आउँदै गरेको रक्सीको मोल प्रति बोतल ६००का दरले १,०८० को ६ लाख ५० हजार हुन आउँछ ।

Loading...