बुधवार थपिए २६३८ संक्रमित, उपत्यकामा मात्र १४०३ जना भाइरसका संक्रमित

काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा थप २६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३९२७ जनाको नमूना परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै यसअघि झै काठमाडौं उपत्यकामै देखिएका छन् । काठमाडौं उपत्यकामा मात्र बुधवार १४०३ जना संक्रमित भेटिएका छन् । त्यसमा पनि काठमाडौं जिल्लामा मात्र ९९६ जना संक्रमित छन् । त्यसैगरी ललितपुर जिल्लामा ३०५ जना छन् भने भक्तपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी मोरङमा ३४४, नसरीमा ८४ जना, रुपन्देही ८१, कास्की ७४, धनुषामा ६२, मकवानपुरमा ५२, चितवनमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीमा ४७, झापामा ४०, काभ्रेपलाञ्चोकमा ३६, तनहुँमा ३२, कैलालीमा ३१, लमजुङमा ३०, दैलेख २१, गोरखामा २०, सिन्धुपाल्चोक र नवलपरासीमा १९, पर्सा र धादिङमा १५ जनामा संक्रमण भएको छ ।

सिराहा र अछाममा १४ जना, सर्लाही र नवलपरासी पूर्वमा १० जना, बारामा ९, सप्तरी, सिन्धुली, पाल्पा र डोटीमा ८ जना, बझाङमा ७ जना, स्याङ्जा र कञ्चनपुरमा ६ र उदयपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखा, नुवाकोट, पर्वत र बैतडीमा ४ जना, इलाम, रामेछाप र डडेल्धुरामा ३, ओखलढुंगा, भोजपुर, रौतहट, अर्घाखाँची, बर्दिया, सुर्खेत र दार्चुलामा २र२, खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, मनाङ, म्याग्दी, बाग्लुङ, बाँके, मुगु र रुकुम पश्चिममा १र१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले देशभर ३६३६७ जना सक्रिय संक्रमित रहेको जनाएको छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना रहेको र २१५४८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

Loading...