‘हन्ड्रेट रुपिज’ ले पायो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड

काठमाडौँ । नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले इन्दुस भ्याली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड प्राप्त गरेको छ ।

टीआर गौँडेलको लेखन तथा निर्देशनमा तयार भएको २० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा ‘जुरी स्पेशल मेन्सन बेस्ट सर्ट फिल्म’ अवार्ड प्राप्त गरेको हो ।

चलचित्रमा दिया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभियान रहेको चलचित्रको छायाँकन रबिन आचार्यले गरेका हुन् ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महत्वसका लागि छनौट भएको चलचित्रले इन्दुस भ्याली चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको हो ।

चलचित्रले बलात्कार र त्यसको पार्ने प्रभावलाई विषयवस्तु बनाएको छ ।

Loading...