महिलालाई बन्धक बनाई हत्या गर्ने डेढ वर्ष पछि पक्राउ

असोज २० , काठमाडौँ । महिलालाई बन्धक बनाई हत्या गर्ने डेढ वर्ष पछि पक्राउ परेको छ। जोरपाटी नयाँबस्ती बस्ने बर्ष-३६ की पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरि फरार सिन्धुपाल्चोक, ईन्द्रावती गा.पा.-११, बडगाउँ घर भई हाल जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-१४, नयाँबस्ती, गैरीटोल बस्ने विनय श्रेष्ठ भन्ने विनय माझीलाई महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले सोमबार हेटौंडा उपमहानगरपालिका-१४, नयाँ बस्तीबाट पक्राउ गरिएको छ ।
अनुसन्धानका क्रममा निज विनय माझीले मृतक पम्फा श्रेष्ठलाई विभिन्न बहाना गरी निजको डेराकोठामा लगी ०७६/०१/३० गते देखी जबरजस्ती बन्धक बनाई हत्या गरि कोठा बाहिरबाट ताला लगाई फरार रहेका थिए। स्थानिय व्यक्तिहरूले प्रहरीलाई खबर गरि ताला फोडी हेर्दा मृत अवस्थामा श्रेष्ठ खाटमा फेला परेका थिए ।
निज विनय माझीले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ । थप आवश्यक अनुसन्धान कार्यको लागी निज विनय श्रेष्ठ भन्ने विनय माझीलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ ।

Loading...