आचार्यकाे पहलमा जाजरकोटका ४ सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव

जाजरकोटको भेरी नगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव स्थापना गरिएको छ । नगरपालिकास्थित शिवशंकर मावि जगतीपुर, दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकर भवन मावि कुदुमा कम्प्यूटर ल्याव स्थापना गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यले प्रवासी समाजसेवीको सहयोगमा उक्त ल्याव स्थापना गरेका हुन् । नेता आचार्यको पहलमा कम्प्यूटर ल्याव स्थापना गरिएको विद्यालय प्रशासनले पुष्टि गरेको छ ।

नेकपा जाजरकोटका सहईन्चार्ज समेत रहेका आचार्यले अमेरिकामा बसोबास गर्दै आएका ओम दाहालसंग समन्वय गरी प्रति विद्यालय २० वटा कम्प्यूटर, १/१ वटा प्रजेक्टर र फोटोकपी सहितको प्रिन्टर रहेको कम्प्यूटर ल्याव स्थापनामा योगदान दिएका हुन् ।

तेह्रथुम घर भई हाल अमेरिकामा बस्दै आएका दाहालले म्याराथन गरेर उक्त सहयोगका लागि रकम संकलन गरेका जानकारी प्राप्त भएको छ । नेता आचार्यले दाहालका प्रतिनिधिको रोहवरमा विद्यायलहरुलाई कम्प्यूटर ल्याव हस्तान्तरण समेत गरिसकेका छन्।

Loading...