कोरोनाको त्रासबीच नेपालका हिमाल चढ्न बहराइनका राजकुमारको टोली काठमाडौंमा

काठमाडौं, ३१ भदौ । काेराेनाकाे त्रासकाबीच नेपालका हिमाल चढ्नका लागि बहराइनका राजकुमारकाे टाेली नेपाल आइपुगेकाे छ । मध्यपूर्वको मुलुक बहराइनका राजकुमार तथा राजपरिवारका सदस्यसहित १८ जनाको टोली आइपुगेकाे छ । 

उनीहरुले आफ्नाे छुट्टै विशेष विमान ल्याएका छन् । उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।   टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन्। उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो।

बहराइनका राजकुमारको टोली हिमाल आरोहण गर्ने लकडाउनपछिको पहिलो हिमाल आरोहण दल हुनेछ।

Loading...