एमसीसी खारेजीको संघर्षमा ११ दल संगै नेवा: समुदायले गरे संयुक्त प्रदशन

 

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको संघर्षका लागि ११ दल संगै विभिन्न नेवा: समुदाय आवद्द सस्थाले कार्यगत एकता गरेका छन् । यसअघि दश दलीय मोर्चा बनाएर राष्ट्रिय स्वाधीनताका मुद्दामा कार्यगत एकता गर्दै आएका दलहरुले राष्ट्रिय स्वाधीनताकै मुद्दामा आन्दोलनरत नेता गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्च नामको दललाई पनि समावेश गरेर ११ दल बनाएका छन् । सोमबार नयाँ सडक ( न्युरोड ) जुद्दा सालिक  क्षेत्रमा नेवा: समुदाय आबद्द नेवा: राजनैतिक अभियान , नेवा :ग्वाली पुच: , इन्द्रायणी मिस पुच: , नेवा: साँस्कृतिक फाउन्डेसन ,नेवा :राष्टिय मुक्ति मोर्चा र ११ दलीय मोर्चा ले संयुक्त प्रदशन गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेकपा (ऋषि कट्टेल) लगायतले मोर्चा बनाएर निरन्तर राष्ट्रिय स्वाधीनताको पक्षमा देशव्यापी रुपमा संघर्ष सञ्चालन गर्दै आएका छन् । एमसीसी खारेजीको संघर्षमा नेवा: समुदाय आबद्द सस्थाको एक्यबद्दतामा निरन्तरता रहने अभिनता गोर्की श्रेष्ठले बताए ।

यसैगरि ११ दलीय मोर्चाको आइतबार बसेको बैठकले एमसीसी सम्झौता सबैभन्दा खतरनाक र राष्ट्रघाती रहेको ठहर गर्दै ११ दलका सबै कार्यक्रम ‘एमसीसी सम्झौता खारेज गर’ भन्ने एकसुत्रीय मुद्दामा केन्द्रित गर्ने निर्णय गरेको ११ दलीय घटकमध्ये एक देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले बताए । अध्यक्ष गजुरेलका अनुसार बैठकले एमसीसीका विरुद्ध आन्दोलनरत अन्य पक्षलाई पनि एकताबद्ध संघर्ष उठानका निम्ति आव्हान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले ९ गते दिनको १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन तथा विरोध सभाको आयोजना गर्ने निर्णय गरेको छ भने सोही दिन जिल्ला जिल्लामा पनि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

Loading...