निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद

काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । उनले भने ‘निर्वाचनलाई अघि बढाउने सिलसिलामा सम्मानित सर्वाच्च अदालतबाट आयोगलाई सहयोग र सावधानी गर्ने कार्य भएको छ, हामी त्यसप्रति उच्च सम्मान र आदर गर्दछौँ।’

यादवले निर्वाचन र सुरक्षा एउटा सिक्काको दुई पाटा भएकाे बताउँदै स्वच्छ, स्वतन्त्र, र भयरहित निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्ने धारणा राखे । त्यसका लागि निर्वाचनमा खटिएका सुरक्षा फौजबाट निष्पक्ष, तटस्थ र इमान्दारिता प्रदर्शन हुनु जरुरी रहेकाे उनकाे भनार्इ छ ।

साथै प्रमुख निर्वाचन अायुक्त यादवले आगामी निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढेको बेला विभिन्न खाले आशंका गरेर प्रश्न उठाउनु व्यावहारिक नहुने बताए । उनले भने, ‘तोकिएकै मितिमा निर्वाचनलाई सफल तुल्याउन सम्पूर्ण व्यवस्थापकीय कार्य अघि बढाइसकिएको हुँदा निर्वाचनका बारेमा कुनै संशय नलिन आग्रह गर्दछु।’

 

Loading...