उपत्यकामा ५ जनासहित २७ संक्रमित थपिए, संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं । उपत्यकामा ५ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यका सहित थप २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

डा देवकोटाका अनुसार नयाँ संक्रमित २४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनका अनुसार गत २४ घण्टामा २ हजार २ सय ८० वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

डा देवकोटाका अनुसार झापामा ९, मोरङमा एकजना, सुनसरीमा एकजना, सर्लाहीमा दुईजना, काठमाडौंमा ३, भक्तपुरमा एकजना, मकवानपुरमा एकजना, रामेछापमा एकजना, ललितपुरको एकजना, सिन्धुलीको एकजना, लम्जुङ्गको एकजना, कपिलवस्तुका ४ जना र नवलपरासीमा एकजना गरी २७ जना संक्रमित थपिएका छन् । यस्तै हालसम्म ३२ हजार ६ सय ४ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभरका विभिन्न अस्पतालमा ४ सय ५७ जना आइसोलेनमा रहेका छन् ।

आइसोलेनमा रहेका ४ सय ५७ जना मध्ये २ जना मृतक रहेको डा देवकोटाले जानकारी दिए । बाग्मती प्रदेश र प्रदेश ५ मा दुईजना मृतक आइसोलेसनमा रहेकाके डा देवकोटाले बताए ।

यस्तै देशभर २१ हजार ६ सय जना देशभरका क्वारेन्टाइनमा रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय २ पुगेको छ । जसमध्ये ३ सय ४० जना र महिला ६२ जना रहेका छन् ।

Loading...