लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन समितिको सिफारिस

काठमाडौँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।

कार्यदलले मन्त्रिषरिषद्‍मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए ।

देशका विभिन्न स्थानमा कोरोना स‌ंक्रमण देखिइरहेको र संक्रमितको मृत्युसमेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले बताए । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ ।

Loading...