लुकीछुपी काठमाडौँ छिर्नेलाई सरकारी खर्चमा क्वाराइनताइनमा राख्न सकिन्न,खर्चअसुली कारवाही गरिनु पर्छ-मेयर शाक्य

           जेष्ठ ३, काठमाडौँ ।   काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गृहमन्त्रालय बात जथाभाबी सवारी पास बढेका कारण अबको अवस्थामा काठमाडौँ उपत्यका सुरक्षित भन्न नसकिने बताउनु भयो । नेवा :पत्रकार समूह संगको कुराकानीमा उहाले कोरना भाइरस बात सुरक्षित भैसकेको उपत्यकामा बाहिरी जिल्ला बाट उपत्यका भित्रका स्थानीय सरकार संग छलफल नै नगरी बिना सूचना जथाभावी रुपमा प्रशासनले बनाइदिएको पासका कारण कोरना संक्रमितको संख्या काठमाडौँमा देखिएको बताउनु भयो । उहाले येस घडीमा सबैभन्दा जिम्मेवार गृह मन्त्रालय ,सबै जिल्लाका जिल्ला प्रशासन हुनुपर्नेमा एस्तो नभएको बताउनु भयो । मेयर शाक्यले भन्नु भन्नु भयो ‘ गृह मन्त्रालयले बाहिरी जिल्ला बात काठमाडौँ उपत्यका प्रवेश गर्ने ब्यक्ति लाइ के कारण पास उपलव्ध गरिदै छ ? बास्तबिकता विवरण नबुझी जथाभाबी पास दिदा प्रबेश गरेका ति ब्यक्तिहरुको खोजीमा स्थानीय जनप्रतिनिधि पछि लग्नु परेको छ । ५० औ दिनसम्म उपत्यकामा लकडाउनको पालना गरेका नगरबासी सुरक्षित अनुभूति गरेकोमा केहि हजार मानिस भित्रिदा त्येत्रो मेहनत सबै असफल भएको छ । लुकिछिपी आउने र ल्याउनेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। दुई-चार जनालाई सहयोग गर्ने नाममा सबैलाई अशान्त बनाउन भए त्यसले राज्यको खर्च पनि धेरै हुन्छ। काठमाडौं आउने र ल्याउनेलाई पनि कारबाही भयो भने उपत्यका बच्न सक्छ तर ल्याउँदै छोड्दै जाने हो भने मुसा बिरालोको खेलजस्तै चलिनै रहन्छ ।
लकडाउनको क्बिनेट निर्णय गर्ने मन्त्रीहरुले सबैभदा पहिला लकडाउनको पालना गर्नु पर्छ । हाल सबैभन्दा सक्रिय स्थानीय तहका कर्मचारी रहेका छन् । राहत देखि र्य्यापिद टेष्ट सम्पूर्णमा जनप्रतिनिधि रातदिन कार्य क्षेत्रमा खटेका छन् ।

अब संघीय सरकारले काठमाडौं आउने नाकामै क्वारेन्टाइन राख्ने व्यवस्था गर्नुपर्छ र खर्च उसैको बात असुल गर्नु पर्छ । लुकिछिपी आउनेलाइ र पठाउने लाई कारवाही गर्नु पर्छ । उनीहरुका कारण सरकारको क्षेतिव्यहोर्ने सम्भव हुदैन । एउटा पीसिआर परिक्षणको खर्च आठ हजार लाग्छ भने यसरिनै बाहिरबाट जसरि पनि काठमाडौँ छिर्ने हो भने के होला ?’

Loading...