कोरोना भाइरस चीनबाट फैलिएको कुनै प्रमाण नभएकाे अमेरिकी सेना प्रमुखकाे भनाइ

काठमाडौं, २४ बैशाख । आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्।

अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्।

‘कोरोनाभ भाइरस वुहानको प्रयोगशालाबाट उत्पादन गरिएको हो? अथवा जंगली जनावरको बजारबाट उत्पन्न भएको हो?,’ मंगलबार पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै जनरल मार्क विलेले भने, ‘यी प्रश्नको एक मात्र उत्तर हो- हामीलाई थाहा छैन।’

दुई दिनअघि मात्र अमेरिकी विदेश सचिव माइक पोम्पिओले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको आरोप लगाउँदै त्यसका पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनविरुद्ध पटपपटक यस्तै आरोप लगाइसकेका छन्।

Loading...