भारतमा दुई हप्ता लम्बियो लकडाउन

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो ।

मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो।

त्यसबाट पर्ने प्रभावलाई नियन्त्रण गर्ने उद्देश्यले २३ अर्ब अमेरिकी डलर बराबरको एउटा आर्थिक सहायता कार्यक्रम पनि सार्वजनिक गरेको थियो। एप्रिल २५ मा भारतले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

भारतमा हालसम्म ३५ हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।  कोभिड १९ का कारण त्यहाँ ११ सय भन्दा बढीले ज्यान गुमाएका छन्।

शुक्रवारसाँझसम्मको तथ्याङ्क अनुसार ९ हजार भन्दा बढी उपचारपछि निको भएका छन्।

Loading...