रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ : विप्लव

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गरेका छन ।काठमाडाैकाे खुल्ला मञ्चमा अायाेजना गरिएकाे अक्टाेवर क्रान्ति दिवसमा बाेल्दै महासचिव विप्लवले साे अाह्वान गरेका हुन् ।

नेकपाले बुधवार खुला मञ्चमा १००औं अक्टोबर क्रान्ति दिवसका अवसरमा विशाल जनसभा कार्यक्रम अायाेजना गरेकाे छ । साे सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दासको जीवन बाँच्नु भन्दा बलिदान गर्नु उचित हुने बताउँदै किसान, मजदुर, महिला, बुद्धिजीवी, प्रहरी र सेनालाई पनि दासता र दलालीबाट मुक्त हुन विद्रोह गर्नुपर्ने अावश्यकतामाथि जाेड दिए । देशमा अहिले दलालहरुकाे बिगबिगी रहेकाे उनकाे भनाइ थियाे ।

विप्लवले भने ‘रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ । हामी बलिदान गरेर पनि नेपाल र नेपालीलाई मुक्त बनाउन तयार छौं ।’ नेपाल र नेपाली जनतालाई स्वाधीन बनाउन दलाल व्यवस्थाबाट सम्भव नभएकाे विश्लेषण गर्दै विप्लवले त्यसको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जाेड दिए ।

त्यसैगरी सभामा बाेल्दै पार्टी स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले रुसी अक्टोबर क्रान्तिको महत्व अझै बढेको बताए । अक्टोबर क्रान्ति सम्पन्न भएको भोलिपल्टै लेनिनले रुसी जनताको सबै ऋण मुक्त गरिदिएको स्मरण गराउँदै उनले नेपालको दलाल वर्गलाई खरानी पारेर मात्र नेपाली जनतालाई मुक्त गर्न सकिने र त्यसका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्नुपर्ने बताए ।

त्यस्तै अर्का स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले सम्बोधन गर्दै जनतालाई धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुण्याउनु पर्ने बताउए । लेनिनले अक्टोबर क्रान्तिमा विजयहासिल गरिसकेपछि सम्पन्न संविधान सभामा प्रतिक्रियावादीहरुले कब्जा गरेपछि त्यसलाई विगठन गरी सोभियत सत्ता सञ्चालन गरेको उनले बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य सन्तोष बुढामगरले दलाल संसदीय व्यवस्था अर्बपति/खर्बपतिको व्यवस्था रहेकाले त्यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्नेमा जाेड दिए । पार्टी प्रवक्ता प्रकाण्डले सञ्चालन गरेको सभामा पार्टी पोलिट ब्युरो सदस्य उमा भुजेल शिलु, जनक्रान्तिका महान सहिद परिवार समाजकी अध्यक्ष खुमा सुवेदी ‘विश्वक्रान्ति’ले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा सामाना सांस्कृतिक परिवार र क्षितिज परिवारले जनवादी गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

Loading...